कैलालीमा खेर गइरहेका केराका थामबाट रेसा उत्पादन

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १७५ पटक पढिएको
कैलालीमा खेर गइरहेका केराका थामबाट रेसा उत्पादन

काठमाडौं– कैलालीको टीकापुर–८ धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ ।

Advertisement

सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौं ल्याइने भएको छ । सहकारीले काठमाडौंको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए ।

केराको रेसा उत्पादनका लागि सहकारीले प्राविधिकसहित दुई जना कर्मचारी राखेर काम थालेको छ । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीले बताए । खेर गइरहेको केराको थाम प्रयोग गरेर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट