सूर्यबिनायक–रत्नपार्क चल्ने द्रूत बसको सबै जानकारी अब मोबाइल एपमा

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • १७७ पटक पढिएको
सूर्यबिनायक–रत्नपार्क चल्ने द्रूत बसको सबै जानकारी अब मोबाइल एपमा

काठमाडौं – काठमाडौं उपत्यकाको सूर्यबिनायक–रत्नपार्क रुटमा चल्ने द्रूत बसबारे यात्रुलाई जानकारी दिन ‘एक्सप्रेस बस सर्भिस’ एप सञ्चालनमा आएको छ ।

Advertisement

यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको यो एपमार्फत यात्रुले बसको नम्बर, चालकको नाम, बस रोकिने स्टप, आइपुग्न लाग्ने समय, भाडादरलगायत जानकारी लिन सक्छन् ।

एपमार्फत यात्रुले बस सेवाबारे गुनासो र प्रश्नसमेत राख्न सक्ने विभागले जनाएको छ । सूर्यबिनायक–रत्नपार्क रुटमा अहिले दैनिक ३६ वटा द्रूत बस सञ्चालन हुँदै आएको छ  ।

बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस चल्ने गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट