बाक्लो हुस्सु र शीतलहरका कारण २ दिनदेखि नेपालगञ्ज विमानस्थलका उडान अवरुद्ध

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
बाक्लो हुस्सु र शीतलहरका कारण २ दिनदेखि नेपालगञ्ज विमानस्थलका उडान अवरुद्ध

काठमाडौं– नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ ।

Advertisement

बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ ÷८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् ।

दुई दिनदेखि उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौं आउने यात्रु अझ बढी समस्यामा परेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट