एमाले धादिङको नवौं अधिवेशन सफल पार्न व्यवसायी सिलवालद्धारा दुइ लाख सहयोग

एमाले धादिङको नवौं अधिवेशन सफल पार्न व्यवसायी सिलवालद्धारा दुइ लाख सहयोग

धादिङ– नेकपा एमाले धादिङको ९औं जिल्ला अधिवेशन सफल पार्न सिद्धलेक गाउँपालिका–१ का इश्वर सिलवालले २ लाख रुपैयाँ सहयोग गरेका छन् । एमाले धादिङले ‘पार्टीको लागि मेरो योगदान एक सय रुपैयाँको अभियान’ चलाइरहदा सिलवालले भने पार्टी कार्यालयमै आएर दुइ लाखको चेक जिल्ला पार्टी उपसचिव राधिका सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

पार्टीको अधिवेशन भनेको पार्टीलाई माया गर्नेहरुको ठूलो पर्व भएका कारण अधिवेशन सफल पार्न आर्थिक सहयोग गरेको उनले बताए । ‘एक सय जम्मा गरेर पार्टीको अधिवशेन गर्न पनि गाह्रो छ । अहिले मन्दिको बेला पनि छ’ उनले भने– ‘म व्यवसायी हुँ । पार्टीलाई भनेजति समय दिन पनि सकेको छैन । तर पार्टीप्रति मेरो माया र साथ उस्तै छ । पार्टीप्रतिको मायाँ र निकटताले नै मैले पार्टीलाई दुइ लाख रकम सहयोग गरेको हुँ ।’

‘पार्टीले विश्वास गरेर गत स्थानीय तहको निर्वाचनमा पनि टिकट दिएको थियो । अहिले पनि म राष्ट्रिय युवा संघ नेपाल सिद्धलेक गाउँपालिकाको तदर्थ समितिको संयोजक हुँ’ उनले भने– ‘अरु साथीहरुले रात दिन नभनि पार्टीलाई समय दिएका छन् । मैले आर्थिक हिसावले सहयोग गरेँ । हामी सबै मिले नेकपा एमाले धादिङको ९ औं जिल्ला अधिवेशन भव्य रुपमा सफल बन्नेछ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%५%३%१%१%

खोजी गर्नुहोस

ताजा अपडेट