थप २२ वटा कम्पनी कालोसूचीमा

  • २०८० माघ १५, सोमबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
थप २२ वटा कम्पनी कालोसूचीमा

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

Advertisement

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २२ कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

एउटा कम्पनीलाई साढे दुई वर्ष, चार वटालाई तीन वर्ष, अर्को चार वटालाई दुई वर्ष, पाँच वटालाई डेढ वर्ष र आठ वटालाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा रहेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट