छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० माघ १५, सोमबार (५ महिना अघि)
  • १५७ पटक पढिएको
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा चार जनाको ज्यान गएको छ ।

Advertisement

बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।

उता सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मेहलकुनास्थित सडकमा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया भिमी कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित सडकमा ग.१ क ५०१२ नम्बरको मिनी ट्रक र प्र.३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ ।

यता कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मोतिपुरस्थित सडकमा लु.२ च ७३८७ नम्बरको बलेरो पिकअप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ गजेडा बस्ने ४५ वर्षीय रूदनाथ रौताहारको मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट