बाँदरले दुख दिएपछि पोखरा महानगरमा रुख काट्ने अभियान

  • २०८० माघ १६, मंगलबार (५ महिना अघि)
  • २०४ पटक पढिएको
बाँदरले दुख दिएपछि पोखरा महानगरमा रुख काट्ने अभियान

काठमाडौं– बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका हुन् ।

Advertisement

लामाचौर र पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएकोले नियन्त्रणका लागि अभियान चलाइएको उनले बताए । ‘१० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ ।

उनले सूचना जारी गरेपछि अहिले यसका तर्क वितर्क सुरु भएका छन् । केहीले सूचना नागरिकको हितमा भएको तर्क गरेका छन् भने केहीले रुख काटेर बाँदर नियन्त्रण नहुने बताएका छन् ।

यता मेयर धनराज आचार्यले भने महानगरले रुख काट्ने अभियान नचलाएकोले सूचनाको पछि नलाग्न भनेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट