सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

  • २०८० माघ १७, बुधबार (५ महिना अघि)
  • १६० पटक पढिएको
सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ मा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

Advertisement

बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिए ।

जीपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो ।

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट