एमालेले बोलायो संसदीय दलको बैठक

  • २०८० माघ १९, शुक्रबार (५ महिना अघि)
  • १७३ पटक पढिएको
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।

Advertisement

दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आगामी २२ गतेदेखि सुरु हुने संसद्को बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ। यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट