नेपालमा कुल मृत्युको ११ प्रतिशत मृत्यु क्यान्सरबाट

  • २०८० माघ २१, आईतबार (५ महिना अघि)
  • १५१ पटक पढिएको
नेपालमा कुल मृत्युको ११ प्रतिशत मृत्यु क्यान्सरबाट

काठमाडौं– नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको पाइएको छ ।

Advertisement

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको जानकारी दिए ।

निर्देशक मरासिनीले नेपालमा प्रत्येक वर्ष झन्डै २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए ।

सन् २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्राको क्यान्सरका बिरामी बढी देखिने गरेका महाशाखाका निर्देशक मरासिनीले बताए ।

उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सो, आमाशय, मुख तथ मुखजन्य क्यान्सर बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुख रस्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो । विश्वको तथ्याङ्कअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । क्यान्सरको एक तिहाइ कारक तत्त्वहरूमध्ये सुर्तीजन्य वस्तु तथा जाँड–रक्सीको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट