६१ थान नक्कली नोटसहित एक जना पक्राउ

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १४५ पटक पढिएको
६१ थान नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं– बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना प्रक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका–३ बस्ने ४४ वर्षीय राम चन्द्र महतो रहेका छन् । उनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट