काठमाडौं– समाजसेवी दामोदर अर्यालले धादिङको नीलकण्ठ नगरपालिका–१२ मा रहेको पण्डितचौर आधारभुत विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरेका छन् ।
मंगलबार विद्यालयको ३६ औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा समाजसेवी अर्यालले आफ्नै व्यक्तिगत खर्चमा विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरेका हुन् । उनले भलिबल, क्यारेम बोर्ड, ब्याडमिन्टन, ¥याकेट लगाएतका रु.१२ हजार बराबरको खेलकुद सामाग्री बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष द्रोनचार्य सिंखडा प्रधानाध्यापक कुमार प्रसाद रिजाललाई हस्तारन्तरण गरेका हुन् ।
विद्यार्थीको शिक्षासँगै खेलकुद क्षेत्रमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुद सामाग्री सहयोग गरिएको उनले बताए । अर्याल सामाजिक जागरण र बाल अधिकारको क्षेत्रमा समर्पित छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष द्रोनचार्य सिंखडाको अध्यक्षतामा भएको बार्षिक उत्सवमा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतता तथा वडा नं १२ का वडाध्यक्ष धर्मराज भण्डारीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिजालले बार्षिक प्रतिवेदन तथा भावी रणनीति प्रस्तुत् गरेका थिए । साथै कार्यक्रममा साँस्कृतिक क्रियाकलाप सँगै बिभिन्न रचनात्मक क्रियाकलाप प्रस्तुत गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।