काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स र उत्पादनबाहेक अरू सबै समूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तको सेयर झण्डै आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सप्तकोशी विकास बैंकको सेयर १० प्रतिशत र गुराँस लघुवित्तको सेयर साढे नौ प्रतिशतले बढेको छ ।
आज ८४ लाख छ हजार कित्ता सेयर तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।