गोरखामा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु १४ जना घाइते

  • २०८१ फागुन १९, सोमबार (१ साल अघि)
  • ४१६ पटक पढिएको
गोरखामा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु १४ जना घाइते

काठमाडौं– गोरखाको शहिद लखन गाउँपालिका– ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १४ जना घाइते भएका छन् ।

Advertisement

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना हुँदा खैरहनी गाउँपालिका- २ टाँडीपर्सा चितवनका ३७ बर्षिय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

मनकामनाको दर्शन गरी फर्कने क्रममा भएको सो दुर्घटनामा परी सोही ठाउँका हरिकला परियार, गीता परियार, रितेश परियार, सन्ध्या परियार, रुपा परियार घाइते भएका छन् । त्यस्तै सञ्चिता आले, प्रमिला राना, बिमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिशा परियार र अर्जुन परियार घाइते भएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट