प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा

  • २०८० पौष १५, आईतबार (६ महिना अघि)
  • २०१ पटक पढिएको
प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं– नेपाल एपीएफ क्लब पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

Advertisement

आज त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

एपीएफको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सक्यो ।
कोशीका लागि अप्सरी बेगमले ३१ रन तथा कप्तान रुविना क्षेत्रीले २२ रन बनाएइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनायो। एपीएफका लागि इन्दु वर्माले सर्वाधिक ५६ रन तथा कप्तान सीता राना मगरले ४५ रनको योगदान गरे ।

अब फाइनल प्रवेशका लागि कोशीले सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट