प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

  • २०८० पौष १६, सोमबार (६ महिना अघि)
  • २०१ पटक पढिएको
प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

Advertisement

आज भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो । कोशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ कोशीकी सङ्गीता राईले २ विकेट लिइन् ।

अब कोशीले उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट