प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

  • २०८० माघ २, मंगलबार (१ महिना अघि)
  • ८४ पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएर पुलिसले दोस्रो जित हात पारेको हो ।

कोशीबाट पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन जोडे ।

पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतकको सहयोगमा १६९ रन बनाएको थियो । थपलियाले १०५ रन बनाएका थिए ।

७ रन हुँदा २ विकेट गुमाएको स्थितिमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले एक छेउबाट कोशीको इनिङ सम्हाल्दै १०५ रन बनाएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट