प्रधानमन्त्री कप क्रिकेट: कोशीको लगातार सातौं हार

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १७२ पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेट:  कोशीको लगातार सातौं हार

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार सातौं खेलमा पराजित भएको छ ।

Advertisement

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । कर्णालीका अर्जन घर्तीले नट आउट ५० रन बनाए । कोशीका हेमन्त राईले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ३४ ओभर ३ बलमा १ सय ५१ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ र प्रकाश जैशीले ३ विकेट लिए ।

यो जितसँगै कर्णालीले ६ खेलमा ६ अङ्क जोडेको छ । जितविहीन कोशी तालिकाको पुछारमा छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट