प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार छैटौं जित

  • २०८० माघ १२, शुक्रबार (३ हप्ता अघि)
  • ५३ पटक पढिएको
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार छैटौं जित

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार छैटौं खेलमा विजयी भएको छ ।

कीर्तिपुरमा आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई छ विकेटले हरायो । कर्णालीले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २३ ओभर ४ बलमै भेटायो । पुलिसका दिलिप नाथले नट आउट ७५, कुशल भुर्तेलले ४३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका प्रकाश जैशीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४२ ओभर ५ बलमै १ सय ७१ रनमा अल आउट भयो । कर्णालीका निश्चल रावलले ५०, कप्तान रविन्द्र शाहीले ४० रन बनाए । पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २ विकेट लिए । पुलिस १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । कर्णाली छ अङ्कसहित सातौँ स्थानमा छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट