नेपालले क्यानडालाई ४ विकेटले हरायो, कीर्तिमानसहित तीन जना खेलाडीको अर्धशतक

  • २०८० माघ २७, शनिबार (५ महिना अघि)
  • १७३ पटक पढिएको
नेपालले क्यानडालाई ४ विकेटले हरायो, कीर्तिमानसहित तीन जना खेलाडीको अर्धशतक

काठमाडौं– क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो ।

Advertisement

नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् ।

अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् ।

यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए । यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए ।

सोमपाल कामी र कुशल मल्ला समान९÷९ रनमा नटआउट रहे । आजको जितसँगै तीन खेलको शृङ्खला नेपालले एक खेलअघि नै जितेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए । बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २÷२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकाश चन्दले एक÷एक विकेट लिए । आकाश चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट