१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

  • २०८० माघ २८, आईतबार (५ महिना अघि)
  • १६५ पटक पढिएको
१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

काठमाडौं– आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दक्षिण अफ्रिकाको बेनोनीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

Advertisement

पहिलो सेमिफाइनलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले र दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेट हराउँदै फाइनलमा पुगेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टोली हो । उसले १४ वटा विश्वकपमध्ये ५ पटक उपाधि जितेको छ ।

त्यस्तै दोस्रो सफल टोली अस्ट्रेलियाले ३ वटा जितेको छ ।

यसपटक नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको हो । तर सुपर सिक्समा नेपाल भारत र बङगलादेशसँग पराजित भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट