काठमाडौं– आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई २ विकेटले हरायो ।
नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर भेटायो । उसका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५२ र जेजे स्मितले ३४ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिँह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक÷एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायो । नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नामिबियाका बर्नाल्ड स्कोल्ज्ड र जन निकोल लेफ्टी इटोनले चार विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । आजको हारसँगै नेपाल तीन खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । यो शृङखलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग आउँदो आइतवार खेल्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।