काठमाडौं– भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ ।
बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै १ सय १९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनाएको थियो ।
यो खेलमा हार बेहोरेपनि नेपाल यसअघि नै फ्रेन्डसिप कपको फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ । यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो ।
अब फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम आइतबार खेल्दै छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।