काठमाडौं– आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।
नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५–१५ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।
यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एकदिवसीय सिरिज ३–० ले जितेको छ । यस अघि आयरल्याण्ड वोल्भ्सले टी–२० सिरिज २–१ ले जितेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।