काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा सुरु हुनेछ ।
अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै यूएई र हङकङलाई ५ विकेटले हराउँदै ओमान फाइनलमा पुगेका हुन् । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप क्रिकेट खेल्न पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ ।
नेपाल एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि हिजो भएको खेलमा हङकङसँग चार विकेटले पराजित भयो । हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टिम्स एशिया कपको यात्रा पनि टुङ्गिएको छ । हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ ।
प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोलीले इमर्जिङ कप खेल्न पाउनेछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।