





























काठमाडौं– किसानलाई विउ विजन विक्रि वितरण गर्ने धादिङका एक कृषि सहकारी र दुई एग्रोभेट कार्वाहीमा परेका छन् । विगत दिनमा अनुगमन गर्दा दिइएका निर्देशन पालना नगर्ने तथा म्याद नाघेको बीउ विजन तथा विषादी बिक्रीको लागि राखेका कृषि सहकारी र एग्रोभेटहरुलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो ।


बेनीघाट रोराङ गाउँपालिका–९ मा रहेको जनभावना कृषी बहु उदेश्यीय सहकारी संस्था लिमिटेडलाई २० हजार जरिवाना गरिएको सहायक जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । त्यसैगरी, बेनिघाटरोराङ गाउँपालिका– ७ मा रहको इन्द्र भेटेनरी सेन्टरलाई १० हजार र बेनिघाटरोराङ गाउँपालिका– १० मा रहेको मनकामना भेट एण्ड एग्रोभेटलाई ५ हजार जरिवाना गरिएको उनले बताए ।
यसअघि गाउँपालिकाबाट अनुगमनका क्रममा दिइएको निर्देशनहरू पालना नगरेको, खरिद बिल नभएको, म्याद नाघेको बीउ विजन तथा विषादी बिक्रीको लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक पराजुलीले बताए ।
अनुगमनका क्रममा करिब ७५ हजार रूपैयाँ बराबरको म्याद नाघेको विषादी तथा बीउ बिजन जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । ‘कृषि सहकारी र एग्रोभट गरी १४ वटामा अनुगमन गरिएको हो । तीन वटालाई कार्वाही र ११ वटालाई सुधार गर्न निर्देशन दिइएको छ’ उनले भने–‘नापतौल यन्त्र नविकरण गर्नेे, म्याद नाघेका सामाग्री छुट्टै भहउष्चथ शयलभ बनाइ राख्नुपर्ने, स्पष्ट बुझिने गरी मूल्य सुची व्यवस्थित गर्ने, नापतौल यन्त्र नविकरण गर्ने लगायत निर्देशन दिइएको छ । निर्देशन पालना नगरे अनुगमन गरी कार्वाही गर्छाैं ।’

