करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु 

  • २०८२ जेष्ठ ३१, शनिबार (१ महिना अघि)
  • ५५९ पटक पढिएको
करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु 

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका कर्मचारी नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका बोहराको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट