धादिङ– धादिङको गल्छी गाउँपालिका-७ फोस्रेटारकी १७ वर्षीया जुना बयलकोटी काठमाडौंमा भेटिएकी छिन् ।
काठमाडौंस्थित सोह्रखुट्टेमा भेटिएको जुनाका बुबा बिर बहादुर बयलकोटीले जानकारी दिए । जुनाका बुबा बिर बहादुरका अनुसार छोरीलाई सोह्रखुट्टेस्थित एक चर्चमा राखिदिएको रहेछ । जागिर खोज्न भनेर छोरी काठमाडौं छिरेको बताएकी छिन् ।
छोरी सकुशल भेटिएकोले खुसी लागेको उनले बताए । `निराश भएर घर फर्कन लाग्दै गर्दा फोन आयो । जुनाको बुबा हो, छोरी यहाँ छिन् भन्दा मन साह्रै खुसी भयो । अहिले छोरी सङ्गै छु। आज ढिला भयो भोलि धादिङ जान्छौं, छोरी खोजिदिन सहयोग गरिदिनुहुने सबैलाई धन्यवाद´ उनले भने ।
जुना यहि असार १३ गते दिउँसो साढे १२ बजेदेखि हराइरहेकि थिइन् । हराइरहेकी जुनाको खोजीकार्य गरिदिनुहुन आमा सीता बयलकोटीले सबैलाई अनुरोध गरेकी थिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप