सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं– धादिङको सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छ्न् ।

काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका-५ कुमाइखोलास्थित धार्के-सितापाइला सडकबाट सडकबाट करिव ५ मिटर तल खोल्सामा खस्दा ६ जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट करिव ५ मिटर तल खसेको हो । दुर्घटनामा परि घाइते हुनेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका-३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन गुरुङ, सात वर्षीया जेशिका गुरूङ र चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल घाइते भएको प्रहरी नायव उपरीक्षक हमालले बताए ।

दुर्घटनामा परि घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट