काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिकामा नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डको अध्यक्षमा शिव प्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार एक कार्यक्रमकाविच नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डका पदाधिकारीहरुलाई नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
बोर्डका सदस्यहरुमा कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष एवं प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार), वडा नम्बर १४ का वडा अध्यक्ष नबराज दुवाडी रहेका छन् । यसैगरी सदस्यहरुमा भगवती उप्रेती, कृष्ण प्रसाद कोइराला, मन्जु मगर, दयाराम लम्साल, राजाराम रिजाल निर्देशकमा शिव राना रहेका छन् ।
त्यस्तै, मनोनित सदस्यहरुमा विज्ञ सदस्य डाक्टर कृष्णमान शाक्य, महिला सदस्य कोपिला खान ठकुरी, नमिता थापा अधिकारी तथा सदस्य राजकुमार श्रेष्ठ रहेका छन् । सपथ ग्रहण गर्दै बोर्डका अध्यक्ष शिव प्रसाद अधिकारीले नीलकण्ठ नगरपालिकाको तिर्खामूक्त शहर बनाउने परिकल्पना पुरा गर्ने गरि काम गर्ने बताएका छन् ।
कार्यक्रमको सम्बोधन गर्दै नीलकण्ठ नगरको समृद्धि र दिगो विकासका लागि खानेपानी र सरसफाइ महत्वपूर्ण आधार अनुसार काम गर्न पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रमकै अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीलाई सम्मान गरिएको छ । नीलकण्ठ नगरपालिकाले प्रमाणपत्र र दोसल्ला ओढाएर मन्त्री अधिकारीलाई सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले निष्ठाको राजनीति गरेर जनताको पक्षमा काम गर्ने बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप