लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा निःशुल्क स्वास्थ्य परिक्षण तथा खानेपानी वितरण

  • २०८२ भाद्र १०, मंगलबार (३ घण्टा अघि)
  • ९३ पटक पढिएको
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा निःशुल्क स्वास्थ्य परिक्षण तथा खानेपानी वितरण

धादिङ– लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा १०५ जनाले सेवा लिएका छ्न् । हिन्दु महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला भक्तालुजनहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै नीलकण्ठ नगरपालिका- १२ धादिङमा अवस्थित पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

धादिङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङले १०५ जनालाई प्रेसर, ज्वरो, अक्सिजन लेबल, वेट, मुटुको धड्कन परीक्षण, घाउ चोट पटकको सामान्य ड्रेसिङ सेवा तथा चिकित्सकिय परामर्श सेवा दिएको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिए।

स्वास्थ्य परीक्षणसङ्गै बिरामीको आवश्यकता बमोजिम जीवनजल, ज्वरो, ग्यास्ट्राइटिस, दुखाई लागतको औषधी समेत वितरण गरिएको उनले बताए ।

त्यस्तै गरि, स्वास्थ्य शिविरकै अवसरमा जलपान वितरण र सरसफाई कार्यक्रम पनि गरिएको छ । क्लबले Rubi Biverage Pvt.Ltd.धादिङ सङ्गको सहकार्यमा निःशुल्क शुद्ध खानेपानीको वितरण समेत गरेको हो । जसमा करीब १००० जनाले जलपान सेवा लिएका थिए।

कार्यक्रमको अन्त्यतिर लायन्स क्लब अफ सूर्यमुखीका निवर्तमान अध्यक्ष तथा जोन चिएर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर), क्लबका अध्यक्ष विक्रम विश्वकर्मा, क्लबका प्रथम उपाध्यक्ष राजाराम रिजाल तथा आजको कार्यक्रममा क्लब सङ्ग समन्वयमार्फत  जोडिएका पशुपति मन्दिर व्यवस्थापन समिति र पशुपति टोल विकास संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा मन्दिर परिसरको सरसफाई समेत गरेका छन् ।

पशुपति मन्दिर परिसरमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तराष्ट्रिय ३२५ आई नेपाल रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडेल, विशेष अतिथि जोन १२ का जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर), नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले क्लवले गरेको सामाजिक कामको निरन्तरता तथा प्रशंसा गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट