भोटेकोशीमा बाढी आएपछि सतर्कता अपनाउन आग्रह

  • २०८३ भाद्र १०, बुधबार (३२ मिनेट अघि)
  • ४ पटक पढिएको
भोटेकोशीमा बाढी आएपछि सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवामा चिनियाँ क्षेत्रबाट एक्कासी बाढी आउँदा रसुवा र नुवाकोटका बस्तीहरुका ठूलो क्षति पुगेको छ । भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको स्थानीयले बताएका छन् ।

Advertisement

हिमताल फुटेर लेन्दे खोलामा आएको बाढीले निकै ठूलो क्षति पुगेको रसुवाका दिपक लामाले बताए । टिमुरे र स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको देखिन्छ । हामी पनि हाम्रो आफन्तहरुसँग सम्पर्क गर्न खोज्दैछौं । फोन लागिरहेको छैन उनले भने ।

भोटेकोशी नदीमा बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट