रसुवा बाढीः धादिङमा १८ शव भेटिए, कहाँ कस्तो क्षति ?

रसुवा बाढीः धादिङमा १८ शव भेटिए, कहाँ कस्तो क्षति ?

काठमाडौं- चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण धादिङको फुर्केखोला पुल बगाएको छ । धादिङको सदरमुकाम धादिङबेसीलाई देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग तथा मूख्य शहरहरुसँग जोड्ने फुर्केखोला पुल बाढीले बगाएको हो ।

Advertisement

फुर्केखोला पुल बगाएपछि सदरमुकाम लगायत उत्तरी धादिङको जनजीवन प्रभावित बनेको छ । बाढीले फुर्केखोला पुलसहित घाटबेसी, जहरे, जिन्टेटार र गल्छी गाउँपालिका र नुवाकोट जोड्ने पुल गरि ५ वटा पक्की पुल र ४ वटा झोलुङ्गे पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् ।
बाढीले धादिङको बैरनी बजार, महेश दोभान, गलौदी, विहानी पेट्रोल पम्प डुबानमा परेको छ । २ वटा मन्दिर बगाएको छ भने गल्छीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पनि बाढीले बगाएको उनले बताइन् ।

बाढीले भौतिक संरचनामा क्षति पु¥याएपनि उच्च सतर्कताका कारण मानविय क्षेति भने हुन नपाएको उनले बताइन् । ‘प्रभावित पालिकाहरुसँग समन्वय भई भएको छ । सदरमुकाम जाड्ने पुल बगाएकाले खाद्यान्न तथा आवश्यक सामाग्रीको कृक्रिम अभाव हुन नदिने तयारी र सदरमुकामलाई जोड्न गल्छी तथा बेनीघाटको वैकल्पिक बाटोको प्रयोग गर्न र गराउन अनुरोध गरिएको छ’ उनले भनिन् ।
धादिङको विभिन्न ठाउँमा त्रिशुली किनारमा १८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । ‘बालुवा चाल्ने क्रममा धादिङको मलेखुमा फसेका ३ जनाको उद्धार गरिएको छ । ३ वटै सुरक्षा निकाय उद्धार तथा सुरक्षाका लागि खटिएको छ’ उनले भने– ‘रसुवाबाट बाढी आउँदैछ भन्ने सूचना पाएलगत्तै तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा रहन तथा सतर्कता अपनाउन अनुरोध गरिएकाले मानविय क्षेतिबाट बच्न सकिएको हो ।’

‘धादिङ खण्डमा ५ ठाउँमा लेदो जमेकाले पृथ्वी राजमार्ग ठप्प भएको छ । बैरनी, आदामघाट, जहरे, बाड्गे, जवाङ खोलामा रहेको लेदो पन्छाउने काम भइ रहेको छ । संभवत भोलीबाट राजमार्ग सूचारु गर्न सकिन्छ होला’ उनले भने ।

बाढीले धादिङको गल्छी गाउँपालिकाका ३५ घरधुरी प्रभावित बनेको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताए । ‘१० वटा घर बगाएर बस्नै नमिल्ने अवस्थामा छन् भने बाँकी लेदो सोहोरेर बस्न सकिने अवस्था हुन सक्छ । तर आजै बस्न नसकिने भएर अधिकाशं प्रभावित आफन्तहरुकोमा बसेका छन् । नजिकै आफन्त नभएका केहीलाई आजका लागि बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनमा राखिएको छ’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट