काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ३५ वटा पुलमा क्षति पुगेका छन् । अधिकांश पुलहरु पूर्ण रुपमा क्षति पुगेका छन् भने केहीमा आंशिक क्षति पुगेको छ ।


यसैबीच धादिङको गल्छी गाउँपालिकावडा नम्बर १ र ८ जोड्ने त्रिशुली माथिको यल्लो ब्रिज (गल्छी पुल) पक्की पुल जोगिएको छ । अन्य थुप्रै पुलहरुमा क्षति पुग्दा धादिङ र नुवाकोटलाई जोेड्ने यो पुल जोगिएकोप्रति स्थानीयहरु अचम्मित हुँदै खुसी बनेका छन् । यहि पुलबाट अहिले धादिङको सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मूख्य पुल र मार्ग बनेको छ । साथै, यसै पुलबाट नुवाकोट, रसुवा र धादिङका विभिन्न बस्तीहरूमा पुग्नेहरूका लागि वैकल्पिक मार्ग बनेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
