हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

  • २०८० पौष २०, शुक्रबार (६ महिना अघि)
  • १८४ पटक पढिएको
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० को वित्तिय कारोबार र नाफाबाट आफ्ना सेयरधनी लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

Advertisement

२०८० पुस १९ गते राजधानीमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट नगद तथा बोनस कुनैपनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।

तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बनेको थियो ।

उक्त तीनवटै कम्पनीको अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको हो । उक्त जानकारी कम्पनीले आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई गराएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट