लक्ष्यअनुसार राजस्व संकलन भएनः अर्थमन्त्री

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १६५ पटक पढिएको
लक्ष्यअनुसार राजस्व संकलन भएनः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन् ।

Advertisement

शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका हुन् ।

राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ । मन्त्री महतले राजस्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनको भनाइ छ ।

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको पनि उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट