दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १९२ पटक पढिएको
दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं– झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।

Advertisement

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमार नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन (इन्टरपोल) लाई आग्रह गरेपछि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ निकालेको हो । उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

नेपाली गएको वैशाखदेखि नै फरार छन् । बचतकर्ताको उजुरीका आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरूलाई जिल्ला अदालत बाग्लुङले गएको साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट