काठमाडौं–नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आज सेयर बजार नेप्से परिसूचक ५८ दशलमव ५८ अंकले बढेर २,१११ दशमलव २४ को विन्दुमा कायम भएको छ ।
आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।
आज २२० कम्पनीका सेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै सेयर मुल्य घटेको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको सेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको सेयर कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।