अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १५६ पटक पढिएको
अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान

काठमाडौं– नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाखसहित सम्मान गरेको छ ।

Advertisement

साठी वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पु¥याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत असार ९ को कार्यपालिका बैठकले प्रस्ताव गरेअनुसार असार १० मा सम्पन्न नगरसभामा पारित गराई यसअघि खाली हात बिदाइ हुँदै आएका स्वयंसेविकालाई रु एक लाख उपलब्ध गराइएको हो ।

नगरपालिकाले बनाएको कानुनअनुसार १० वर्षदेखि १५ वर्ष सेवा गरेबापत रु ५० हजार, १५ वर्षदेखि २० वर्षसम्म सेवा गरेबापत रु ७५ हजार र २० वर्षभन्दा बढी सेवा पु¥याएबापत रु एक लाख दिइने उल्लेख छ । कानुनअनुसार यो आर्थिक वर्षको हालसम्म ६० वर्ष उमेर पूरा गरेर सम्मान पाउने स्वास्थ्य स्वयंसेविकाको सङ्ख्या ३० पुगेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

उनका अनुसार जनताको घरघरमा पुगेर स्वयंसेविकाका रुपमा सेवा पु¥याउँदै आएकालाई राज्यको सेवासुविधाबाट अति न्यूनतम मात्र पाउँदै आएका स्वयंसेविकालाई गरिएको सम्मानले उत्साहित बनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट