दुर्गम गाउँ धादिङको फूलखर्कमा ग्रामीण आँखा केन्द्र स्थापना

  • २०८० माघ १५, सोमबार (५ महिना अघि)
  • २३६ पटक पढिएको
दुर्गम गाउँ धादिङको फूलखर्कमा ग्रामीण आँखा केन्द्र स्थापना

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका–५ स्थित फूलखर्कमा गङ्गाजमुना ग्रामीण आँखा केन्द्र स्थापना गरिएको छ । आँखा रोगीहरुलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले दुर्गम गाउँमा आँखा केन्द्र स्थापाना गरिएको हो ।

Advertisement

गङ्गाजमुना गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान नेपालको समन्वय तथा सहकार्यमा सोमबार एक कार्यक्रमका विच आँखा केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी क्षेत्रीले गाउँमै आँखा केन्द्र स्थापना भएपछि स्वास्थ्य सेवाको सहज पहुँच हुने बताए ।


त्यस्तै पालिकामै सबै खालको सेवा विस्तार गर्दै जाने क्रममा आँखा केन्द्रको स्थापना गरिएका गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताए । ‘पालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको छ । पालिकामै सबै खालको सेवा दिन हामी सबैसँग सहकार्य गरिरहेका छौं । स्वास्थ्य क्षेत्रमा पालिकासँग सहकार्य गर्ने तिलगङ्गा आँखा प्रतिष्ठान नेपालप्रति पनि हामी आभारी छौं’ उनले भने ।

गाउँपालिकाउ उपाध्यक्ष रामेश्वर सिंखडाले यसको लागि सहयोग गर्नुहुने तिलगङ्गा आँखा प्रतिष्ठानलाई धन्यवाद दिदै प्रभावकारी सेवा सञ्चालन गर्न सबैमा उनले आग्रह गरे ।

पालिकामा ठूलो संख्यामा रहेका आँखा रोगीहरुले जिल्ला सदरमुकाम धादिङबेशी धाउनुपर्ने बाध्यता हटेको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले बताए । अहिले पनि गाउँमा ठूलो संख्यामा आँखाको विरामीहरु छन् । उनले भने– ‘सामान्य उपचार गर्न पनि धादिङबेशी लगायत ठूला शहरहरु धाउनु पर्ने बाध्यता छ । त्यसैले आँखाका रोगीहरुले सहज उपचार पाएका छैन । यस केन्द्रबाट आँखाको विभिन्न चेकजाँच, उपचार, औषधी वितरण तथा अप्टिकल सम्बन्धी सेवाहरू लिन सकिने हुदा अब चाँहि स्थानीयहरुको स्वास्थ्य क्षेत्रको पहुँच हुने अपेक्षा गरिएको छ । आगामी दिनमा गाउँपालिकाको घुम्ती शिविर कार्यक्रमहरूमा सात वटै वडामा पुगेर आँखा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ ।’

कार्यक्रममा उपस्थित भएका स्थानीयहरुलाई तिलगङ्गा आँखा प्रतिष्ठान प्रतिनिधि रामसिंह तामाङले यसको आवश्यकता र महत्वबारे प्रष्ट पारेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट