फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरविरूद्ध आन्दोलनको घोषणा

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १५२ पटक पढिएको
फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरविरूद्ध आन्दोलनको घोषणा

काठमाडौं– फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाविरूद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

Advertisement

आज संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले महानगरविरूद्ध बृहत आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गतेदेखि देखि महानगरविरूद्ध आन्दोलन थाल्ने चेतावनी दिएको हो ।

माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने व्यवसायीको तयारी छ । माघ १६ गते प्रदर्शन गरेर महानगरपालिका भवनमा धर्ना दिने र माघ २८ गते व्यवसायीहरूले बृहत सडक आन्दोलन गर्न लागेको हो ।

काठमाडौं महानगरले फुटपाथ र साना व्यवसायीहरूको माग सम्बोधन नगरेकाले आन्दोलनमा उत्रिनुपरेको व्यवसायीहरू बताउँछन् । महानगरले जफत गरेका सामान फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट