त्रिशुली किनारमा नवौं धादिङ महोत्सव हुदै

  • २०८० पौष २७, शुक्रबार (६ महिना अघि)
  • ३६६ पटक पढिएको
त्रिशुली किनारमा नवौं धादिङ महोत्सव हुदै

धादिङ- धादिङ उद्योग वाणिज्य संघले धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदी किनारमा नवौं धादिङ महोत्सव आयोजना गरेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ १० गतेदेखि २१ गतेसम्म नवौं धादिङ महोत्सवको आयोजना गरेको हो ।

Advertisement

त्रिशुली किनारमा हुन लागेको नवौ धादिङ महोत्सवको शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । कृषि, पर्यटन, औद्योगिक, व्यापारिक प्रदर्शनी साथै स्थानीय उत्पादनको प्रचार प्रसार र प्रवद्र्धन गर्न र जिल्लाको सास्कृतिक विविधताको संरक्षणमा सहयोग पुग्ने अपेक्षा रहेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले बताए ।

‘महोत्सवमा एक सय ५० वटा स्टल रहनेछ । त्यसमध्ये ५० वटा स्टलहरु जिल्ला भित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरुको प्रवद्र्धधनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निशुल्क प्रदान गरिनेछ’ अध्यक्ष थपलियाले भने– ‘महोत्सवमा मूख्यतः घरेलु उत्पादन, कृषि उत्पादन, स्थानीय पहिचानसहितको वस्तु तथा सेवा प्रवद्र्धनमा जोड दिइनेछ । पर्यटनमा जलयात्रा पहिलो प्राथमिकता रहेको छ । महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस भन्ने उद्देश्यका साथ व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजना सहित प्रक्रिया सुरु भएको छ ।’

धादिङ उद्योग वाणिज्य संघले २०६४ सालबाट महोत्सव गर्न थालेको हो । त्रिशुली किनारमा आयोजना गरिएको यो नवौं सस्करण तथा गलौदीमा तेस्रो पटक माघ १० देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको छ । धादिङ उद्योग वाणिज्य संघले त्रिशुली किनारमा यस अघि गलौदीमा २०६८ र २०७०, चरौदीमा २०७५ सालमा महोत्सव गरिसकेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट