खुलारूपमा बिक्री गरिएको ‘कटन क्यान्डी’ उपभोग नगर्न विभागको आग्रह

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
खुलारूपमा बिक्री गरिएको ‘कटन क्यान्डी’ उपभोग नगर्न विभागको आग्रह

काठमाडौं– शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको ‘कटन क्यान्डी’ मा अखाद्य रङ्ग प्रयोग गरिएको पाइएको छ ।

Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट ‘कटन क्यान्डी’ मा मानव स्वास्थ्यमा असर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएको हो ।

आज विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्री÷वितरण भइरहेको रङ्गीन कटन क्यान्ड मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रङ्ग रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’

विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्री÷वितरण गरिएको ‘कटन क्यान्डी’ को उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ । काठमाडौं लगायत विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता ‘कटन क्यान्डी’ बिक्री भइरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट