कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

काठमाडौं– नेपाली काङ्ग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ ।

Advertisement

एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा। जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो ।

उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । स्वश्र गोबद्र्धन शर्मा पोखरेलको पञ्चातले सर्वस्व हरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट