६ महिनामा नेपालबाट ५ करोड २३ लाखको गुट्खा र खैनी निर्यात

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
६ महिनामा नेपालबाट ५ करोड २३ लाखको गुट्खा र खैनी निर्यात

काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको अवधिमा नेपालबाट ५ करोड २३ लाख ४७ हजार रुपैयाँको गुट्खा र खैनी निर्यात भएको छ ।

Advertisement

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको जर्दा, गुट्खा र खैनी निर्यात भएको हो ।

यस अवधिमा ८५ हजार ८९६ किलोग्राम खैनी, गुट्खा र जर्दा निर्यात भएको छ । नेपालबाट विश्वका ५ वटा देशमा यी वस्तुको निर्यात हुँदै आइरहेको छ । जसमध्ये मलेसियामा ३ करोड ८ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै, इण्डोनेसियामा १ करोड ६५ लाख रुपैयाँको र जापानमा ३५ लाख तथा इजरायलमा १० लाख रुपैयाँको निर्यात भएको तथ्यांक छ । यसबाहेक, रोमानियामा ३ लाख १४ हजार रुपैयाँको यी वस्तु निर्यात भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट