जल्दै गरेको शव लिखु खोलाले बगायो, मलामीले भागेर ज्यान बचाए

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १९५ पटक पढिएको
जल्दै गरेको शव लिखु खोलाले बगायो, मलामीले भागेर ज्यान बचाए

काठमाडौं- रामेछापमा जलाउँदै गरेको अवस्थामा शव लिखु खोलाले बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव खोलाले बगाएको पत्रकार युवराज श्रेष्ठले जानकारी दिए ।

Advertisement

आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा जलविद्युत आयोजनाले ड्याम खोलिदिएपछि जलाउदै गरेको शव खोलाले बगाएको हो । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङमा पर्ने लिखु नदीले शवसँगै तीन जना मलामी गएका स्थानीयहरुको मोवाइल लत्ताकपडा लगायतका सामाग्री समेत बताएको उनले बताए ।

शवसँगै खोलाले केही मलामी गएकाहरु पनि सम्पर्क विहिन भएका थिए । तर केही समयपछि उनीहरु सम्पर्कमा आएका छन् । स्थानीय राजेन्द्र बस्नेतलेका अनुसार ५०/६० जना मलामी गएका थिए । करिब ६ बजे तिर एक्कासी खोला आयो मलामीहरुले भागेर ज्यान बचाए । तर जल्दै गरेको शव खोलोले बगाएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट