बसको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी जवानको मृत्यु

  • २०८० माघ १५, सोमबार (५ महिना अघि)
  • १६९ पटक पढिएको
बसको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी जवानको मृत्यु

काठमाडौं– बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

Advertisement

बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको दुर्घटनामा परी मृत्यु भएको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीलाई नेपालगञ्ज नरसिंह होममा उपचारका लागि पु¥याइएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान डाँगी ड्युटीमा खटिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट