काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १५७ पटक पढिएको
काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो ।

सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले जनाएको छ । सुतिरहेका उनलाई मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दीपकलाई केएमसी अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट