धादिङ– किन्डरवोल्ड बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी ७औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यार्थी तथा अभिभावकका लागि विभिन्न सांस्कृतिक तथा प्रतियोगिता कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।
शुक्रबार विद्यार्थी तथा अभिभावकका लागि गायन, नृत्य, विभिन्न जातजातिका कला संस्कृति झल्कने पहिरन, तातो आलु खेल, वौद्धिक स्तर मापन लगायत सांकृतिक कार्यक्रम गरिएको प्रिन्सिपल सुर्य श्रेष्ठले बताए । कार्यक्रममा भएका प्रतियोगितामा विजयी विद्यार्थी तथा अभिभाकहरुलाई मायाको चिनो प्रदान गरिएको उनले बताए । वार्षिक उत्सवले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई एक आपसमा आत्मियता थपेको उनको भनाई छ ।
नीलकण्ठ नगरपालिका–३ जिल्लाको सदरमुकाम धादिङवेशीमा अवस्थित किन्डरवोल्ड बोर्डिङ स्कुल २०७० सालमा स्थापना भएको हो । विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप तथा व्यवहारिक शिक्षामा जोड दिदै आएको छ । विद्यार्थी, शिक्षक तथा अभिभावक एकै ठाउँ बसेर शैक्षिक विकासका विषयम छलफल गर्ने र विगतका दिनमा भएका कमी कमजोरी सुधार गर्दे जान सकिने हुदा वार्षिक उत्सव शैक्षिक क्षेत्रमा लाग्नेहरुका लागि पर्व बन्ने गरेको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।