रास्वपा गङ्गाजमुना गाउँपालिकाको सभापतिमा उत्तम गुरुङ निर्वाचित

  • २०८१ माघ २०, आईतबार (१ साल अघि)
  • १०५९ पटक पढिएको
रास्वपा गङ्गाजमुना गाउँपालिकाको सभापतिमा उत्तम गुरुङ निर्वाचित

धादिङ– राष्ट्रिय स्वतन्त्र पार्टी गङ्गाजमुना गाउँपालिकाकाको सभापतिमा उत्तम गुरुङ निर्वाचित भएका छन् । उप सभापतिमा राजेन्द्र थापा र सचिवमा सन्तोष थापा चयन भएका छन् ।

Advertisement

त्यस्तै, वडा नम्बर ७ को सभापतिमा राजकुमार रिजाल चयन भएका छन् । उपसभापतिमा प्रेम श्रेष्ठ, सचिव यमबहादुर थापा चयन भएका छन् । सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने, पितम बहादुर अधिकारी, विमलराज दाहाल, भिमसेन रिजाल, भुवन खत्री र नारायण अधिकारी चयन भएका छन् ।

रास्वपाका कार्यबाहक अध्यक्ष एवम् पूर्व मन्त्री डिपी अर्यालले राजनितिक प्रतिशोधका कारण पार्टी अध्यक्ष रवि लामिछानेलाई फसाइएको बताएका छन् । त्यस्तै, धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिकाकाको विकास, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका सवालहरुलाई गम्भिर रुपमा लिएर समस्या समाधानमा पहल गर्ने उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%४%

    खोजी गर्नुहोस

    ताजा अपडेट